
भक्तपुर, २७ चैत । भक्तपुरको सूर्यविनायकमा पुनः बर्डफ्लु देखिएको छ । सूर्यविनायक नगरपालिका–१ तर्खगालमा बर्डफ्लु भेटिएको पुष्टि भएको हो ।
मधुराम न्यौपानेले सञ्चालन गरेको अनुस्कृत पोल्ट्री फर्ममा रहेका २ हजार २ सय कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको छ । बर्डफ्लु पुष्टि भएपछि सबै कुखुरा नष्ट गरिएको छ ।
मंगलबार भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र ललितपुरका बरिष्ठ पुश बिकास अधिकृत नारायण श्रेष्ठ सहित १० जनाको टोलीले कुखुरा नष्ट गरेको थियो ।











प्रतिक्रिया