८ कार्तिक २०८३, आइतबार

कर्मचारीहरूले प्रधानमन्त्री र प्रधानन्यायाधीशको सरकारी निवास बेचिदिए !

49.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैका जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ ।

३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

१४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रका २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा छ ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा व्यक्तिका नाममा दर्ता भइसकेको फेला परेको हो ।

समितिको प्रतिवेदनअनुसार बालुवाटार र वरपरको ११३ रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमणमा परिसकेको छ ।