बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट लगायत सम्पूर्ण समिति निर्बिरोध

दैनिक नेपाल २०७५ चैत २५ गते ६:२९

विजय थापा

अमेरिका । अमेरिकाको न्यू योर्कस्थित रहेको गैर मुनाफा सामाजिक संस्था रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्बिरोध निर्वाचित भएका छन् । सम्पूर्ण कार्यकारी समितिका पदाधिकारी निर्बिरोध निर्वाचित भएका हुन ।

आइतबार अप्रिल ७ मा भएको निर्वाचनमा सबै पदाधिकारीहरू निर्बिरोध निर्वाचित भएका छन् । पदाधिकारीहरू यस प्रकार रहेका छन् ।

अध्यक्षमा राजेश भट्ट, उपाध्यक्षमा भुवनेश्वर अधिकारी, सचिवमा दीपक राज काफ्ले, सहसचिवमा गोपीप्रसाद ढुंगाना तथा कोषाध्यक्षमा सोमनाथ अधिकारी निर्वाचित भएका छन् ।

सदस्यहरूमा क्रमशः मोहनप्रसाद गौतम, यादवप्रसाद वास्तोला, सुशील भुसाल, हरिबहादुर केसी, तुलसीराम आचार्य तथा चन्द्रिका भण्डारी पौडेल महिला सदस्यमा निर्वाचित भएका छन् ।

उक्त निर्वाचनको परिणाम निर्वाचन अधिकृत कुमारप्रसाद तिमिल्सिनाले अप्रिल ७ का दिन सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित