सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्ने नेपालीद्धारा सहयोग

दैनिक नेपाल २०७५ चैत २३ गते २०:४८

काठमाडौं, २३ चैत । भारतमा मजदुरी गर्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानाको उपचारार्थ जर्मनबाट सहयोग गरिएको छ । जर्मनीमा बस्दै आएकी गोरखा परिवार बन्दना पुन बुढा मगरको पहलमा कुँवर र ढुंगानालाई आर्थिक सहयोग गरिएको हो।

शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच कुँवर र ढुंगानालाई एक लाख चार हजार रूपैयाँ हस्तान्तरण गरिएको हो । दुवैजनालाई ५२ ५२ हजार रुपैयाँ पर्नेगरी उक्त रकम प्रदान गरिएको छ ।

त्यस अवसरमा घाइते बुद्धिमान कुँवर र हरिकाजी ढुंगानामा विशेषगरी देश विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको सहयोग आफ्नो नियमित उपचार गर्न सहयोग पुगेको भन्दै धन्यवाद ज्ञापन गरे। उनीहरूले राज्यले उपचारमा केही सहयोग नगरेपनि नेपाली मन भएका नेपालीहरूको सहयोगले अहिले उपचार गर्न सँगै बाँच्ने सहज भएको प्रतिक्रिया दिएका थिए।

बन्दनाको पहलमा जर्मनी, युके, पोर्चुगलमा बस्दै आएका ३७ जना नेपालीहरूले उक्त रकम संकलन गरेर पठाएका थिए। शुसिल पुन, इनुशा बुढामगर, हेमा तामाङ, अम्बिका लिम्बू, मनिता राई, सरिता सुनुवार, राधा गुरूङ, दिपिका शाक्य, निशा राई, विना गुरूङ, विष्णु राई, हेमा गुरूङ, इन्दिरा राई, रिता पुर्जा, गौसरी पुन छन्त्याल, रिष्मा राई, अर्जना देवान, सिर्जना राई, सरिता गुरूङ, अना राई, पावी सुनुवार, बन्दना पुन बुढामगर, सुरेश बिकेआइ, संगीता पुन, समिता थापा, आशा लिम्बू, रोशनी राई, शिलु पुन, एलिशा राई, हेलेन याक्खा, देओ राई, शितल गुरूङ, राधा लिम्बू, सम्सीला गुरूङ, लक्ष्मी आले, मनिला कन्दङ्वाले सहयोग गरेका हुन् ।

बैजनाथ गाउँपालिका ८ बाँकेका २३ वर्षीय बुद्धिमान कुँवरले भारतमा मजदुरी गर्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएका थिए। उनका एक श्रीमती र एक छोरा छन्। यस्तै रूपाकोट मझुवागढी नगरपालिका ६, दिक्तेल खोटाङका ३६ वर्षीय हरिकाजी ढुंगाना विद्युत प्राधिकरणमा काम गर्ने क्रममा विजुलीको झट्का लागेर दुवै हात र एउटा खुट्टा गुमाएका थिए। उनका श्रीमती र दुई छोरी छन्।

प्रतिक्रिया
सम्बन्धित