४ कार्तिक २०८३, बुधबार

५ अतिरिक्त भन्सारमा प्रभु बैंकको काउन्टर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउन्टर खोली बैंकिङ्ग कारोबार सञ्चालन गरिरहेको छ ।

बैंकले हालै ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा काउन्टर खोली बैंकिङ्ग सेवा दिने बारे सम्झौता गरेको छ । सम्झौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर भएको छ ।

रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुररजटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाख देखि बैंकको काउन्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्ने जनाएको छ ।