
काठमाडौँ, २१ चैत । एनआईसी एशिया बैंक लिमिटेडले आँधी पीडित बाराको फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँमा ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।
राहत सामग्री सोही गाउँपालिकाका अध्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितिका सदस्य विनोद कुमार प्याकुरेलले बुधबार हस्तान्तरण गरेका हुन् । प्याकुरेलले सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
जनधनको धेरै क्षति पुगेका बारा जिल्ला फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायतगाउँका सर्वसाधारण यतिबेला राहतको आशामा बसेका आफूले पाएको उल्लेख गर्दै उनले एनआईसी एशिया बैंकले गरेको यो सानो सहयोगले पीडित जनताका लागि तत्काल केही राहत पुग्ने विश्वास बैंकले लिएको जानकारी गराए ।
बैंकका हाल देशभर २८१ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया