८ कार्तिक २०८३, आइतबार

देउवाविरुद्ध ५१ जिल्ला सभापतिको काठमाडौंमा भेला : काे-काे सहभागी छन् ?

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्ट्याएपछि कांग्रेसका असन्तुष्ट ५१ जिल्ला सभापति दबाब दिन काठमाडौंमा भेला भएका छन् । केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका लागि तल्लो बुथबाटै चुनिनुपर्ने र समानुपातिकमा एकै व्यक्तिको उम्मेदवारी नदोहोर्‍याउने गरी महासमितिमा जुटेको सहमति उल्टिएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बुधबार बिहानबाट क्षेत्रपाटीस्थित होटेल काठमाडौंमा सुरु भएको भेलामा अधिकांश जिल्ला सभापति नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका छन् । सभापति शेरबहादुर देउवाकै चाहनामा निर्णय उल्ट्याइएको उनीहरूको दाबी छ । भेलामा सहभागी नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले पार्टीमा संगठन सुदृढीकरण र अनुशासन स्थापित गर्न आफूहरूले बैठक बोलाएको बताए ।

‘हाम्रो बैठक कसैको तेजोवध गर्नका लागि होइन,’ केसीले नयाँ पत्रिकासँग भने, ‘संगठनमा अनुशासन कायम गर्न र पार्टीको ठूलो निकायले गरेको निर्णय सानो निकायले उल्ट्याउन नसक्ने व्यवस्थाको निर्माण गर्न एकजुट भएका हौँ ।’

केसीले चार सभापति बिहीबार बिहानसम्म भेलामा आइपुग्ने पनि बताए । ‘५१ सभापति सहभागी हुनुहुन्छ, चारजना बाटोमा हुनुहुन्छ,’ उनले भने, ‘परासी सभापति अर्जुन पोखरेल, गुल्मीका भुवन श्रेष्ठ, कास्कीका कृष्ण केसी र रसुवाका सभापति बिहीबार बिहानसम्म भेलामा आइपुग्नुहुन्छ ।’

काठमाडौं जिल्ला सभापति सबुज बानियाँले पार्टीका आन्तरिक समस्याका विषयमा छलफल गर्न र पार्टीलाई सुसंस्कृत बनाउन भेलामा बसेको बताए । केन्द्रीय सभापति देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्ण मल्लले गुटगत नभई एजेन्डाका आधारमा आफूहरू एक ठाउँमा उभिएको बताए । मल्ल देउवानिकट हुन् । भेला बिहीबारसम्म चल्ने सभापतिहरूले जनाएका छन् ।

निरन्तर दबाब

२९ मंसिरदेखि ८ पुससम्म चलेको महासमिति बैठकमा ५० भन्दा धेरै जिल्ला सभापतिले केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका लागि तल्लो बुथबाटै चुनिनुपर्ने र समानुपातिकमा एकै व्यक्तिको उम्मेदवारी नदोहो¥याउने बुँदा विधानमा समेट्न लिखित रूपमै दबाब दिएका थिए । त्यसपछि समापन समारोहमा सभापति देउवा र नेता पौडेलले कार्यान्वयन गर्न प्रतिबद्धता जनाएका थिए । तर, १२ फागुनको केन्द्रीय समिति बैठकले उल्ट्याएपछि पौडेल र सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत दुवै समूहका नेताले लिखित रूपमै असहमति राखे ।

२३ चैतमा बोलाइएको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा जिल्ला सभापतिहरू रणनीति बनाउन भेलामा बसेका छन् । उनीहरूले महासमितिमा गरेको प्रतिबद्धता कार्यान्वयन गराउन दबाबका लागि एजेन्डा तय गर्ने जनाएका छन् ।

भेलाबारे केन्द्रीय कार्यालय अनभिज्ञ

सभापतिहरूको भेला काठमाडौंमा चलिरहँदा कांग्रेस केन्द्रीय कार्यालयले भने अनभिज्ञता जनाएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ पत्रिकासँग भने, ‘सभापतिको बैठकबारे पार्टी कार्यालयलाई कुनै जानकारी छैन । सभापतिहरू छलफलमा बस्न पाउनुहुन्छ ।’

भेलामा उपस्थित जिल्ला सभापतिहरू

१. लीलादेवी बोखिम (ताप्लेजुङ)
२. नरेन्द्रकुमार केरुङ (पाँचथर)
३. हिमालय कर्माचार्य (इलाम)
४. उद्धव थापा (झापा)
५. गोविन्द ढुंगाना (तेह्रथुम)
६. नन्दमणि राई (भोजपुर)
७. नरेशकुमार श्रेष्ठ (खोटाङ)
८. विनोद बस्नेत (सोलुखुम्बु)
९. राजीव कोइराला (सुनसरी)
१०. डिगबहादुर लिम्बू (मोरङ)
११. विदुर बस्नेत (उदयपुर)
१२. दीपेनकुमार श्रेष्ठ (संखुवासभा)
१३. कृष्णदेव यादव (रौतहट)
१४. अजय द्विवेदी (पर्सा)
१५. उज्ज्वल बराल (सिन्धुली)
१६. मधु आचार्य (काभ्रे)
१७. लवश्री न्यौपाने (रामेछाप)
१८. विकास लामा (सिन्धुपाल्चोक)
१९. जगदीश्वरनरसिंह केसी (नुवाकोट)
२०. सबुज बानियाँ (काठमाडौं)
२१. रमेश धमला (धादिङ)
२२. जितनारायण श्रेष्ठ (चितवन)
२३. वैकुण्ठ न्यौपाने (तनहुँ)
२४. खम्ब गर्बुजा (म्याग्दी)
२५. यङजिङ विष्ट (मुस्ताङ)
२६. कुमार राणा (स्याङ्जा)
२७. विष्णुप्रसाद लामिछाने (नवलपुर)
२८. भेषबहादुर पौडेल (लमजुङ)
२९. हरिबहादुर घले (गोरखा)
३०. वीरबहादुर राणा (पाल्पा)
३१. विष्णुप्रसाद खनाल (अर्घाखाँची)
३२. सुरेन्द्रप्रसाद आचार्य (कपिलवस्तु)
३३. अम्मरप्रसाद भण्डारी (प्युठान)
३४. अमरसिंह पुन (रोल्पा)
३५. केशरमान रोका (पूर्वी रुकुम)
३६. किरण कोइराला (बाँके)
३७. सञ्जय गौतम (बर्दिया)
३८. खड्गबहादुर शाही (मुगु)
३९. दीपबहादुर शाही (जुम्ला)
४०. हर्षबहादुर बम (कालिकोट)
४१. कृष्णकुमार बिसी (दैलेख)
४२. कमलराज रेग्मी (सुर्खेत)
४३. प्रेमप्रकाश ओली (पश्चिम रुकुम)
४४. गणेशबहादुर चन्द (सल्यान)
४६. जयपति रोकाया (हुम्ला)
४७. अंगत बुढा (डोल्पा)
४८. कर्णबहादुर मल्ल (डडेल्धुरा)
४९. ललितसिंह बोहरा (दार्चुला)
५०. नरेन्द्रसिंह थापा (बैतडी)
५१. हर्कजंगबहादुर सिंह (बझाङ)