सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

आँधी पीडितलाई प्रवासी एकता मञ्च कतारको सहयोग

दैनिक नेपाल २०७५ चैत २० गते २१:४२

काठमाडौं । बारा–पर्साका आँधी पीडितलाई प्रवासी नेपाली एकता मञ्च कतारले सहयोग गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मञ्चले पीडितहरुका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

नेकपा मुख्यालयको प्राकृतिक विपत्ति कोषमा उक्त रकम जम्मा गरेको मञ्चका संयोजक चानक पोखरेलले जानकारी दिए ।

आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका कारण १८ सय ९५ घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ । घटनामा २८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित