सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

राहत लिएर बारा पुग्यो प्रवासी नेपाली मञ्च

दैनिक नेपाल २०७५ चैत २० गते २१:१८

काठमाडौं । प्रवासी नेपाली एकता मञ्च (ओएनयूएफ) अमेरिकाले बाराका आँधी पीडितलाई राहत बितरण गरेको छ । आँधीबाट अतिप्रभावित फेटा गाउपालिकाको भलुहि, भलवहिया, पुरैनियाका पीडितलाई ओएनयूएफ अमेरिकाको टोलीले बुधबार राहत बितरण गरेको हो ।

आवश्यकताको आधारमा पीडितलाई राहत बितरण गरिएको ओएनयूएफ अमेरिकाका नेता प्रभु थापाले जानकारी दिए ।

ओएनयूएफ अमेरिकाले पहिलो चरणमा पीडितलाई अति आवश्यक रहेको त्रिपाल, झूल, प्याड, पानी, टर्च र सामान्य प्रकारका औषधी बितरण गरेको थियो ।

राहत बितरणका लागि ओएनएफ अमेरिकाका पूर्वअध्यक्ष तथा एनआरएन अमेरिकाको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी सञ्जय थापा, बरिष्ठ उपाध्यक्षका प्रत्यासी नारायण कणेल मिडवेष्ट उपाध्यक्षका प्रत्यासी समाजसेवी बाला घिमिरे, ओएनयूएफ अमेरिकाका प्रकाश अधिकारी , राधाकृष्ण देउजा ,एम लामालगायतका अगुवाहरुले समन्वय गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित