४ कार्तिक २०८३, बुधबार

एनआईसी एशियाको १५ नयाँ निक्षेप योजनाका यस्ता छन् चमत्कारिक फाइदा

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । २२ वर्ष प्रवेश गरेको अवसरमा एनआईसी एशिया बैंकले चमत्कारिक २२ वटा विशेषता भएको विभिन्न १५ वटा नयाँ निक्षेप योजना ल्याएको छ। बुधबारदेखि बैंकले चमत्कारिक विशेषतासहितको निक्षेप योजना ल्याएको जनाएको छ ।

बैंकले चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता,चमत्कारिक बाबुनानी बचत खाता,चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता र कर्मचारीहरुलाई लक्षित गरि चमत्कारिक तलब बचत खाता संचालनमा ल्याएको हो। यो योजनाले आम जनतामा बचत गर्ने बानीलाई अभिबृद्दि गर्ने बिश्वास बैंकले लिएको जनाएको छ।

यो निक्षेपमा १५लाखसम्मको दुर्घटना बिमा र १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा र १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा पाउने बैंकले जनाएको छ। बैंकका अनुसार कर्जामा विशेष छुट र सहुलियतसहितको २२ चमत्कारिक फाइदा छ।

यो चमत्कारिक बचत खाता बैंकको २ सय ८१ वटै शाखाकार्यालयहरु, अनलाइनबाट सहज रुपमा खोल्न सकिने बैंकले जनाएको छ। यो सुविधा वाहेक पनि पहिलो पटक स्वीप इन र स्वीप आउटको सुविधा बचत खातामा मुद्दती खाताकै सुविधा पाइने बैंकले जनाएको छ।