सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

अस्ट्रेलियामा नेपाली र अस्ट्रेलियन विद्यार्थीबीच ‘ग्याङ फाइट’

दैनिक नेपाल २०७५ चैत १९ गते १५:५०


सिड्नी, १९ चैत । अस्ट्रेलियाको सिड्नीमा नेपाली र अस्ट्रेलियन विद्यार्थीबीच ‘ग्याङ फाइट’ भएको छ । सोमबार मध्यराति सिड्नीको मुख्य सहर टाउन हलमा दुई नेपाली विद्यार्थी र दुई अस्ट्रेलियन विद्यार्थीबीच झगडा भएको हो ।

नेपाली विद्यार्थी बाटो काट्ने क्रममा स्थानीय दाजुभाइसँग झगडामा सामेल हुँदा एक जना नेपाली विद्यार्थीलाई गम्भीर चोट लागि हस्पिटलमा भर्ना भएका छन् भने अर्का एक नेपाली विद्यार्थी प्रहरी हिरासतमा पुगेका छन् ।

मध्यरातमा बाटो काट्ने क्रममा भनाभन र त्यसपछि हात हालाहालको अवस्थामा पुगेपछि नेपाली विद्यार्थी अनिश शाहीलाई अस्ट्रेलियन स्कुडर दाजुभाइले टाउकोमा मुक्का हान्दा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै रगतसमेत जमेको अस्ट्रेलियाको नाइन न्युजले उल्लेख गरेको छ ।

स्कुडर दाजुभाइले आफ्नो साथी अनिशलाई आक्रमण गरेपछि उनका साथी मारक लिम्बूले चक्कुले स्कुडर दाजुलाई प्रहार गरेका थिए । घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारको लागि र झगडालुहरूलाई प्रहरी थाना लगेको थियो । घटनापछि स्कुडर दाजुभाइ जमानतमा रिहा भएका छन् भने नेपाली विद्यार्थी लिम्बू भने हिरासतमै रहेका प्रहरीले जनाएको छ ।

उनलाई धारिलो हतियार प्रयोग गरी ज्यान लिने प्रयास गरेको भन्दै स्कुडर दाजुभाइले उजुरी दिएका छन् । यसअघि पनि जिएनसी फुटबलको बेला नेपाली विद्यार्थीहरू एक आपसमै कुटाकुटमा उत्रिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित