काठमाडौं, १९ चैत । प्रधानसेनापतिमा नियुक्त हुनासाथ पूर्णचन्द्र थापाले सेनाभित्र रहेको भ्रष्टाचार र बेथितिलाई अन्त्य गर्ने घोषणा गरेका थिए । तर, उनको नियुक्तिपछि पनि सेनाका ठेक्कामा भ्रष्टाचारलिला मच्चाउने सिन्डिकेटधारी ठेकेदार कम्पनी ब्याक गरिएको छैन । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
प्रशासनिक निकायको सुधारको नाममा उनले नक्कली प्रमाणपत्रधारीलाई कारबाही अघि बढाएको उल्लेख गरेका थिए । तर, त्यहाँभित्र भएका भ्रष्टाचारका विषयमा कुनै कारबाही अगाडी बढाएनन् भने उजुरी सन्दर्भमा पनि छानबिन गरेका छैनन् ।
थापाले सैन्य संगठनलाई भ्रष्टाचारमुक्त गर्ने अभियान अघि बढाउन सक्छन् । सिपाहीको राशनदेखि चुल्हो, दैनिक आवश्यक सामग्रीको खरिदमा हुने भ्रष्टाचार र सिन्डिकेटलाई तोड्न सक्छन् । न्याय दिलाउनका लागि सेनाका अधिकारी खटाउन सक्ने अधिकार उनलाई नै हुन्छ ।
यसअघि सेनामा भएका भ्रष्टाचारका विषयमा सार्वजनिक खरिद ऐन अन्तर्गतका शीर्षकको विवरण सार्वजनिक लेखा समिति, अख्तियार, महालेखा परिक्षकको कार्यालयमा पठाउन सक्ने अधिकार थापामा नीहित छ । उनको आदेशका आधारमा भएका सत्यतथ्य विवरण उपलव्ध गराउन सकिन्छ ।















प्रतिक्रिया