
काठमाडौं, १८ चैत । एनआईसी एशिया बैंक लिमिटेडले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यकारी प्रमुख रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
सम्झौताअनुसार अब बैंकका ग्रहाकले बैंकका देशभरका शाखाहरुबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्ने छन् ।
बैंकका हाल देशभर २८१ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया