४ कार्तिक २०८३, बुधबार

माछापुच्छ्रेको थप ८ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ चैत । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा ८ शाखा रहित बैंकिङ सेवा एकैपटक संचालनमा ल्याएको छ ।

बैंकले कास्कीस्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट र सैमराङमा ८ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरुमार्फत अत्याधुनिक बैंकिङ सेवा पु¥याइरहेको छ ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ७३ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी साथै, कर्जा आवेदन गर्न सकिने सुविधाको समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ९६ वटा शाखाहरु लगायत ७३ शाखा रहित बैंकिङ सेवा गरी जम्मा १ सय ६९ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १ सय १९ वटा एटीएमहरु सञ्चालनमा छन् ।