आइतबार, १ असार २०७६
DainikNepal.com
आइतबार, १ असार २०७६

बेलायतमा अर्थ आवर सम्पन्न

दैनिक नेपाल २०७५ चैत १७ गते ७:५१

सुरेन्द्र इङ्नाम

केन्ट, बेलायत । गत ३० मार्च २०१९ को दिन आशफोर्ड, बेलायतमा विश्व नेपाली साहित्य महांङ्घ साउथ शाखाले सदाको वर्षझै यस वर्ष पनि अर्थ आवरको अवसर पारेर अर्थ आवर तथा साहित्य गोष्टि सम्पन्न गरिएको छ ।

बिएफबिएस गोर्खा रेडियो शर्नक्लिफका स्टेशन प्रमुख योगराज राई अतिथि रहनु भएको सो कार्यक्रममा तुल छन्त्याल, औतारी साईला, अंग्रेजी साहित्यकार फेलिसीटी र मुरे होलवूड अतिथि रहेका थिए ।

संस्थाका अध्यक्ष तथा वातावरणविद विजय हितानले सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमलाई औपचारिक रुपमा शुरुगर्दै अर्थ आवरको बारे प्रष्ट पारे । १ घण्टा बिजुली बत्ति नबालेर ईनर्जी खपत गर्ने, जस्ले गर्दा वातावरणलाई केही समय भएपनि बचाउन सकौ भन्ने अभिब्यक्ति उनले दिए ।

यहि आउँदो साल सन २०२० को जुन महिनामा विश्व वातावरण दिवशको दिन पारेर नेपालमा वातावरण साहित्य गोष्टि गर्ने वातावरण साहित्यकार विजय हितानको रहेको र उक्त्त कार्यक्रमको लागि आर्थिक सहयोग जुटाउनको लागी बेलायतमा रहेका सहयोगीहरुबाट प्रतिव्यक्ति एक पाउण्ड र नेपालमा रहनेबाट रु १०० सहयोगको आब्हान पनि गरे । सहयोग संङ्कलन एक हजार जनाबाट प्राप्तपछि बन्द गरिनेछ ।

कृति समीक्षाको क्रममाः गायक गणेश पुनले भावेश भूमरीको नियात्रा “भिषाको रङ” र साहित्यकार अमित थेबेले निवन्धकार बिजय हितानको “ईको उत्सर्जन” निबन्ध सङ्ग्रहरुलाई समीक्षा गरे ।

उपस्थितहरूबाट सेमन्त राईले बाँसुरीको मिठो धुन साथै वातावरण कविता, अमित थेबे वातावरण कविता, सुरेन्द्र इङ्नाम बाँसुरी साथै वातावरण कविता, थिर थापाबाट गीत गायन, लाहाङ् चेम्जोङ् वातावरण कविता, औतारी साईला वातावरण कविता, अंग्रेजी साहित्यकार दोय फेलिसीटी वातावरण कविता, मुरे होलवूड वातावरण कविता, र विश्वासदीप तिगेला द्घारा वातावरण कविताहरू वाचन गरिएको थियो ।

अध्यक्ष बिजय हितानले वातावरण कविता वाचन गर्नु भयो साथै गोर्खा भान्सा घरका सञ्चालक शुस्मा लीम्बु गुरुङलाई सभाहल निःशुल्क उपलब्द गरिदिएकोले धन्यवाद दिँदै र अन्त्यमा उपस्थित सम्पूर्णलाई धन्यवाद दिए ।

कार्यक्रम दिउसो २ बजे शुरु भएर साँझ ५ बजे सकिएको कार्यक्रमलाई संस्थाका सचिव थिर थापाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित