
काठमाडौँ, १५ चैत । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालको प्रमुख आतिथ्यतामा वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरिएको हो ।
वातावरणमैत्री घुम्ती शौचालयको सहि प्रयोजन तथा सम्बद्र्धनबाट भविष्यमा बढी भन्दा बढी दर्शनार्थीहरुले हिन्दुहरुको आराध्य देवको बास भएको पाशुपत क्षेत्रमा सहज रुपमा उक्त क्षेत्र दर्शन भ्रमणमा सहयोग पुग्ने अपेक्षा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी गराए ।
साथै, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले शौचालय वातावरणमैत्री भएको कारणले गर्दा वातावरण थप अनुकुल हुने जनाउदै बैंकले गरेको यस्तो सामाजिक कार्यको उच्च प्रशंसा गरे । साथै, यसका लागि लागि कोषले बैंकप्रति हार्दिक धन्यवाद व्यक्त गरेको समेत जानकारी गराए ।
बैंकका मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले जनाएको छ ।
बैंकका करिब १४ लाख ५० हजार ग्राहक रहेका छन् । बैंकमा प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकार दिए ।















प्रतिक्रिया