गोरखा, १५ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजागाईले पार्टी कार्यालयमा गरेका छन् ।
बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाईले सभापतिले बारम्बार पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दैै उजुरी दर्ता गरेका हुन् ।
बजगाईले देउवामाथि ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिहरूको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएका छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया