४ कार्तिक २०८३, बुधबार

माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटल लिमिटेड बीच सम्झौता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माछापुच्छ्रे बैंक लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड बीच “१०.२५ प्रतिशत  माछापुच्छ्रे डिवेञ्चर – २०८५” नामक रु ३ अर्ब ऋणपत्र निष्काशन गर्नका लागि निष्काशन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा  माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृ श्रीजेश घिमिरेल हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार  माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पूर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले सम्पन्न गर्ने छ । ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले विक्रीको लागि आवेदन खुल्ला गर्ने छ ।

वार्षिक १०.२५ प्रतिशत दरको आकर्षक ब्याजदर रहेकोे छ । प्रति ऋणपत्र अंकित मूल्य रु. १ हजारका दरका ३० लाख कित्ताको  ३ अर्व रुपैयाँ   निष्काशित ऋणपत्रमा  १८ कित्ता ऋणपत्र परिपत्र विधिबाट र १२  लाख) कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरीने सकने जनाइएको छ ।

ऋणपत्रको अवधि १० बर्ष रहनुका साथै नेपाल स्टक ऐक्स्चेन्जमा सूचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा विक्री गर्न सकिने भएको छ । बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा क्रण लिन सकिने अर्ध बार्षिकरुपमा व्याजको भुक्तानि गरीने बताइएको छ ।