३ कार्तिक २०८३, मंगलबार

सिटिजन्स बैंकको सीईओमा गणेशराज पोख्रेल नियुक्त

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं ११ चैत्र ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका गणेशराज पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । आगामी ४ वर्षको कार्यकालका लागि उनी सीईओ नियुक्त भएका हुन ।

राजनसिंह भण्डारीको समयावधि समाप्त भएपश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका  थिए । पोखरेलले स्थापनाकाल देखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । उनी २०६५ साल देखि नैे दोस्रो वरियतामा रहँदै आएका थिए ।

अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित छन् ।

नबनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले “भित्र सिस्टम र बाहिर इमेज” लाई प्रमुख विषय बनाउने गरेका छन् । उनले नीति नियमको पालना आफ्नो प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । वरिष्ठ अर्थविद डा. शंकर प्रसाद शर्मा अध्यक्ष रहेको यस बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको छ ।