३ कार्तिक २०८३, मंगलबार

सोमबार १० अर्बको  ट्रेजरी  बिल बिक्री गरिँदै

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । लगातार ट्रेजरी  बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनःसोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट रु १० अर्ब ३३ करोड बराबरको  ट्रेजरी  बिल बिक्री गर्न लागिएको बैंंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

बैंकका अनुसार रु चार अर्ब तीन करोड बराबरको ट्रेजरी  भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी १८२ दिनका लागि र रु दुई अर्ब बराबरको  ट्रेजरी  ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यसअघि यही चैत ४ गते रु १३ अर्ब ५१ करोड बराबरको त्यस्तै बिल बिक्री गरेको थियो । यस्तै बैंकले आज मात्रै रु पाँच अर्ब बराबरको रिपो बोलकबोल गरेको छ । – रासस