३ कार्तिक २०८३, मंगलबार

एन.आई.सी एशिया क्यापिटलमा रमेन्द्र रायमाझी नियुक्त

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेन्द्र रायमाझी नियुक्त भएका छन् ।

सञ्चालक समितिको ५५ औं बैठकले रायमाझीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । रायमाझीले विगत ११ वर्ष भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् ।

विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरुबाट उनको नेतृत्वमा क्यापिटलको समग्र व्यवसायमा विस्तार हुनुका साथै प्रदान गरिने सम्पूर्ण सुविधाहरुले उत्कृष्टता हासिल गर्ने विश्वास लिइएको छ ।

एन आई सी एशिया क्यापिटलले सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।