३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । एनआईसी एशिया बैंक लिमिटेडले रुपन्देहीको बुटलव नगरपालिका–१३ बेलबासमा नयाँ शाखा विस्तार गरेको छ ।

शाखाको बैंकका प्रमुख मानव संशाधन तथा विकास अधिकृत कपिल ढकालले उद्घाटन गर्दै दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिवृद्धि गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याइरहेको जानकारी दिए ।

बैंकका देशभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई छन् ।
करिब १४ लाख ५० हजार ग्राहक रहेको बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले दाबी गरेको छ ।

साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए ।