३ कार्तिक २०८३, मंगलबार

धितोपत्र बोर्डमा लागेको ताल्चा प्रहरीले खोल्यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १० चैत । धितोपत्र बोर्डमा लगाएको ताल्चा प्रहरीले बल प्रयोग गरी खोलेको छ। अर्थमन्त्रीको राजीनामासहित ३२ बुँदे माग राख्दै धितोपत्र बोर्डमा बिहान सेयर लगानीकर्ताको दवाव समूहले तालाबन्दी गरेको थियो।

तालाबन्दीपछि धितोपत्र बोर्डका पदाधिकारीहरु बाहिरै बस्नुपरेको थियो। तालाबन्दी गरी बोर्ड घेराउ गरेका लगानीकर्तालाई प्रहरीले लाठीचार्ज गरी हटाएको छ। प्रहरीले दमन गरेको भन्दै लगानीकर्ताले केही बेर बोर्ड परिसरमा नाराबाजी गरेका थिए ।

सेयर बजार विकास र विस्तारको माग राख्दै बोर्डको मुख्य ढोकामा तालाबन्दी गरेर धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई प्रहरीले लाठी चार्ज गरेर तितरबितर पारेको थियो ।

लगानीकर्ताले बिहान कार्यालय खुल्नुअघि कार्यालयमा ताला लगाएर धर्नामा बसेका थिए । लगानीकर्ताले ताला लगाएपछि बोर्डका एक जना कर्मचारी भित्र थुनिएका थिए भने बाँकी ३० भन्दा बढी कर्मचारी बाहिर रोकिएका थिए ।

लगानीकर्ताको आन्दोलनले बोर्डको काम कारबाही प्रभावित भए पछि प्रहरीको मद्दत लिएको बोर्डले बताएको छ ।