१ कार्तिक २०८३, शनिबार

निहारिकाको यात्रा बिकट गाउँदेखि साहित्यको उच्च पुरस्कारसम्म

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सास । साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जीवनका बिभिन्न पाटोहरू कार्यक्रम यु स्टाट अगेनमा व्यक्त गरेकी छिन् ।

बहु प्रतिष्ठित मदन पुरस्कार बिजेता कार्कीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै साहित्यका साथै व्यक्तिगत जीवनका बिभिन्न पाटोहरुको बारेमा बताएकी छिन ।

बिगत केही वर्षदेखि अमेरिकमा बस्दै आएकी साहित्यकार कार्कीलाई उपन्यास, कबिता, कथा जस्ता बिभिन्न पाटोहरुका बारेमा कलम चलाउदाका अनुभव र पाल्पाको एउटा सामान्य परिवारबाट अमेरिकासम्म आउदाका अनुभवहरूको बारेमा कुरा गरिएको छ ।

सानै उमेरमा आफ्नो वुवा र दाई गुमाउंदाका पीडादेखि मदन पुरस्कार लिन स्टेजमा पुग्दाका अनुभवहरू समेत साहित्यकार निहारीकाले कार्यक्रममा साटेकी छिन् । घरदेशको साहित्य र परदेशको साहित्य पनि कार्यक्रममा समेटिएको छ ।