३ कार्तिक २०८३, मंगलबार

समृद्ध नेपाल सुखी नेपालीको मेरुदण्ड सहकारी : राज्यमन्त्री चौधरी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १० चैत । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले समृद्ध नेपाल र सुखी नेपालीको मेरुदण्ड सहकारी भएको बताएकी छन् ।

कृषि विकास बचत तथा ऋण सहकारी संस्था (लिड्ड)को ८ औं वार्षिक साधारण सभालाई शनिबार उद्घाटन गर्दै उनले कृषि क्षेत्रको समग्र विकास, जनताको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा सहकारी क्षेत्रको भूमिका र योगदान महत्वपूर्ण हुने बताईन् ।

कृषि क्षेत्रको बिकासको लागि सरकार, सहकारी र निजी क्षेत्र संयुक्त रूपमा अगाडि बढ्ने सरकारको नीति रहेको मन्त्री चौधरीले बताईन् । किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारमा सहज पहुँच बनाउन कालीमाटी जस्तै उपत्यकामा ५ ओटा र बाहिर विभिन्न मुख्य शहरहरूमा ठूला ठूला कृषि बजार निर्माण प्रक्रिया सरकारले अगाडि बढाएको मन्त्री चौधरीले बताइन् ।

कार्यक्रममा जेष्ट नागरिक, उतकृष्ट ऋृणिहरूलाई र शेयर सदस्यहरूलाई सम्मान र पुरस्कृत गरीएको थियो । सहकारीका अध्यक्ष तेजबिक्रम थापाका अनुसार यो सहकारी संस्थाले ६ सयलाई रोजगार दिएको छ ।

यस सहकारी उत्पादन मुलक क्षेत्रमा व्यवसायी सहकार्य, सदस्यमा आधारित बैकिङ्ग परियोजना, स्वास्थ्य सेवा, व्यवसायीक शिक्षा र कृषि क्षेत्रमा उदाहरणीय काम समेत गरेको बताए । साधारण सभामा यस आर्थिक वर्षको आय व्यय पनि प्रस्तुत गरेको थियो ।