३ कार्तिक २०८३, मंगलबार

सल्यानमा स्यानेटरी प्याड उद्योग सञ्चालन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी
सल्यान, ८ चैत । जिल्लामै पहिलो पटक शारदा नगरपालिकाको वडा नम्बर ४ मा सुरक्षा स्यानेटरी प्याड उद्योग सञ्चालनमा आएको छ । चिकित्सकहरुका अनुसार प्याडको प्रयोगले विभिन्न सक्रमणबाट महिलालाई जोगाउन सकिन्छ ।

महिनावारी भएको वेला महिलाहरुले भोग्दै आएका समस्या न्युनिकरण गर्न जिल्लामै सेनेटरी प्याडको सुलभ रुपमा उपलव्धता गराउन उद्योग संचालन गरेको सन्चालक लक्ष्मी वस्नेतले बताएकी छन् ।

वस्नेतका अनुसार महिनावारी भएको समयमा फोहोर र पुरानो कपडाको प्रयोग गर्ने चलन व्यापक रहेको र यस्ले महिला स्वास्थ्यमा असर पुर्याइ रहेको देखिएकोले प्याडको प्रयोगले यस्ता समस्यामा केही कमि ल्याउन सकिने छ ।

सुरक्षा स्यानेटरी प्याड उद्योगको आज शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । शारदा नगरपालिका प्रमुख शुरेस अधिकारी तथा उप प्रमुख सावित्रा बस्नेतले उद्योगको उद्घाटन गरेका हुन् ।

विद्यालयमा निःशुल्क प्याड वितरण गरिने

शारदा नगरपालिकाले नयाँ वर्षको शुरुवातसँगै नगर भित्रका १३ वटा माध्यमिक बिद्यालयका छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड उपलव्ध गराउने भएको छ । सुरक्षा सेनेटरी प्याड उद्योगको उद्घाटन गर्दै शारदा नगर प्रमुख शुरेश अधिकारीले छात्राहरु लाइ लक्षित गरि नगरपालिका भित्रका सबै माविमा निशुल्क प्याड वितरण गरिने जानकारी दिए ।