३ कार्तिक २०८३, मंगलबार

४० मेगावाटको अपी चमेलिया आयोजना निर्माण हुँदै

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेडमार्फत नयाँ आयोजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण गर्ने भएको छ ।

यो आयोजना कम्पनीले निर्माण गर्ने तेस्रो आयोजना हो । यस भन्दा पहिले सोही क्षेत्रमा कम्पनीले क्रमश ८.५ मेगावाट क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ बर्षदेखि निरन्तर रुपमा राष्ट्रिय प्रणालीमा विद्युत प्रवाह गर्दै आएको छ । साथै, आगामी चैत मसान्तभित्र ८ मेगावाट क्षमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुँदैछ ।

आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजना नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ केभि ट्रान्समिसन लाइनमा जडान गरिनेछ । यो आयोजनाबाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ ।

उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदाको दिनमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथि रहेको छ ।

अपी हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३ मिटरको पेनिस्टक पाइपको सहायाताले चमेलिया नदीको पानी फर्काई यो आयोजना निर्माण गरिनेछ ।

आयोजना निर्माणको लागि जम्मा ७४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने २२२ करोड रुपैयाँ शेयरधनीको लगानी र बाँकी ५१८ करोड रुपैयाँ बैंक तथा वित्तिय संस्थाहरुबाट सहवित्तियकरण मार्फत ऋण लगानी गरिनेछ । आयोजनाको निर्माण कार्य २०७६ मंसिरदेखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।