८ कार्तिक २०८३, आइतबार

८४ करोड ६५ लाखमा दुई रेल, एउटा डिब्बामा दुई सय यात्रु अट्ने

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्न लागेको छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि रेल विभागले जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्न प्रक्रिया अघि बढाएको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा रेल किन्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। बजेटमा उपलब्ध रकमले दुईवटा रेल खरिद गर्न नसकिने भन्दै विभागले रकम थप्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। मन्त्रिपरिषद्ले थप रकमसहित कोकन रेल्वे कर्पोरेसनसँग जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्न सहमति दिएको हो। दुई साताभित्र रेल खरिद प्रक्रिया अघि बढ्ने विभागका महानिर्देशक बलराम मि श्रले जानकारी दिए।

‘खरिद सम्झौता अघि बढाउन शुक्रबार भारतीय कम्पनीलाई पत्र पठाउनेछौं’, मि श्रले भने, ‘पत्र पठाएको दुई साताभित्र कम्पनीसँग सम्झौता हुन्छ।’ सरकारले रेल खरिदका लागि भारतीय कम्पनीसँग प्रस्ताव मागेको थियो। कोकन रेल्वे कर्पोरेसनले सबैभन्दा न्यून रकममा रेल उपलब्ध गराउने प्रस्ताव गरेकाले खरिद सम्झौता प्रक्रिया अघि बढाउने लागिएको मि श्रले बताए। उनका अनुसार रेल खरिद प्रक्रियामा भारतका पाँच कम्पनी सहभागी थिए।

नयाँ रेल बर्दिबास–जनकपुर–जयनगर–कुर्था–विजयपुरसम्म सञ्चालन गर्ने लक्ष्य छ। यो खण्डको लम्बाइ ६९ किलोमिटर छ। त्यसमध्ये ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेको छ। बाँकी खण्ड निर्माणाधीन छ। दुई महिनाभित्र नयाँ रेल सञ्चालनमा ल्याउने तयारी विभागको छ। ‘मन्त्रिपरिषद्को निर्णयसँगै जी–टु–जी प्रक्रिया अघि बढेको छ। अब कागजी प्रक्रिया पूरा गर्न बाँकी छ’, विभागका महानिर्देशक िश्रले भने, ‘यो सबै गर्दा करिब दुई महिनाभित्रमा रेल सञ्चालनमा आउँछ।’