आइतबार, १ असार २०७६
DainikNepal.com
आइतबार, १ असार २०७६

झुटो समाचार दिने पत्रकार पक्राउ

दैनिक नेपाल २०७५ चैत ७ गते २०:५३

काठमाडौँ, ७ चैत । महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा एक पत्रकारलाई पक्राउ गरेको छ ।

परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा समाचार लेखेर अफवाह फैलाएको अभियोगमा कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई  रुपन्देहीबाट पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले ‘आवाज डटकम’ अनलाइनमार्फत जथाभावी समाचार लेखेर अफवाह फैलाएका आरोपमा खनाललाई पक्राउ गरिएको जानकारी दिनुभयो । “अनलाइनमा अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएकाले पक्राउ गरेका हौँ”, प्रहरी नायब उपरीक्षक बोगटीले भन्नुभयो ।

अभियुक्त खनाललाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी साइबर अपराधमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ । – रासस

प्रतिक्रिया
सम्बन्धित