सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

भोजपुर–विराटनगर उडान बन्द

दैनिक नेपाल २०७५ चैत ७ गते १९:५८

भोजपुर, ७ चैत । नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ ।

मौसम प्रतिकूल भएकाले केही समयका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो ।

मौसममा सुधार भएपश्चात् पुनःउडान सञ्चालन गरिने मिजारले बताउनुभयो । निगमले यसअघि भोजपुर–विराटनगर हप्तामा बिहीबार र शनिबार उडान भर्दै आएको थियो । भोजपुर–काठमाडौँ भने हप्तामा सातै दिन उडान भइरहेको निगमले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित