आइतबार, १ असार २०७६
DainikNepal.com
आइतबार, १ असार २०७६

होली खेल्दा खेल्दै छुरा हानाहान, एक जनाको मृत्यु

दैनिक नेपाल २०७५ चैत ७ गते १९:५२

काठमाडौं, ७ चैत । सुनसरीको धरानमा होली खेल्दा खेल्दै दुई समूहबीच झडप भएको छ । झडपमा परी एक जनाको मृत्यु भएको छ ।

झडपमा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा धरान–८ का २० वर्षीय नीमा तामाङ रहेका छन् । उनको छुरी प्रहारबाट मृत्यु भएको सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

झडपमा धरान–८ कै १७ वर्षीय मिलन बिक घाइते भएका छन् । उनको छातीमा सामान्य लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित