३ कार्तिक २०८३, मंगलबार

ईपीएस कोरियन भाषा परीक्षा शुल्क ‘आइएमई पे’मार्फत भुक्तान गर्न सकिने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शुल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् ।

भोलि शुक्रबारदेखि १७ गतेसम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैले ‘आइएमई पे’ डाउनलोड गरि सिधै इपीएस कोरिया टोपिक परीक्षा शुल्क भुक्तान गर्न सक्नेछन् ।

‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्ने कम्पनीले जनाएको छ । परीक्षा शुल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ ।

परीक्षा शुल्क चौबिस (२४) अमेरिकन डलर दस्तुर लाग्नेछ । सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरमा हुनेछ । परीक्षा शुल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाएको मोबाइल नम्बरमा एसएमएसमार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नुपर्नेछ ।

परीक्षा शुल्क भुक्तानी प्रकृया पूर्ण भइसकेपछि परीक्षा फारम भर्नका लागि www.eoers.epsnepal.gov.np साइटमा जानुपर्नेछ ।