सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

हतियार नबिसाएसम्म सरकारले विप्लव समूहसँग वार्ता नगर्ने

दैनिक नेपाल २०७५ चैत ७ गते १७:०१

काठमाडौं, ७ चैत । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार नविसाएसम्म वार्ता नगर्ने भएको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव समूहले हतियार विसाएपछि मात्र वार्ता हुने बताए ।

सम्वादका निम्ति सरकार तयार रहेको उनले जानकारी दिए ।

हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित