सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

सेना परिचालनको हल्ला हावादारी, जनसम्पर्कले भन्यो– जिम्मेवारीप्रति सजग छ

दैनिक नेपाल २०७५ चैत ७ गते १५:२६

काठमाडौं, ७ चैत । कालिकोटलगायतका कतिपय जिल्लामा नेकपा विप्लव समूहविरुद्ध सेना परिचालन भएको हल्ला हावादारी भएको पुष्टी भएको छ ।

नेपाली सेनाको सैनिक जन सम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरी यो हल्लामा भ्रम रहेको जनाएको छ । उसले कतिपय तालिम र नियमित कामका लागि सेना हिँडेको संकेत भने गरेको छ ।

यस्तो भ्रममा नपर्नका लागि आग्रह गर्दै सेनाले भनेको छ,‘नेपाली सेना नेपालको विधान, सैनिक ऐन र नेपाल सरकारको निर्देशनअनुसार चल्ने गर्दछ ।’

 

प्रतिक्रिया
सम्बन्धित