सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

हेलिकोप्टर दुर्घटना : उद्धारमा संलग्न ३ प्रहरी महिनाकै सर्वोत्कृष्ट घोषित

दैनिक नेपाल २०७५ चैत ६ गते १९:५५

काठमाडौं, ६ चैत । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा उद्दारमा खटिएका तीन जना प्रहरी पुरस्कृत भएका छन् ।

उनीहरुलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको छ । उनीहरु फागुन महिनाका लागि ’बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

पुरस्कृत हुनेमा प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी छन् । तीनै जना ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित