सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

यसरी मनाइँदैछ होली, विदेशी नागरिक पनि रमाए होलीमा (फोटोफिचर)

दैनिक नेपाल २०७५ चैत ६ गते १४:१३

काठमाडौँ, ६ चैत । सामाजिक सद्भाव, मित्रता र प्रेमको पर्व फागुपूर्णिमा आज एकापसमा रंङ खेलेर हर्षोल्लासपूर्वक मनाइँदैछ । राजधानी काठमाडौ लगायत देशका विभिन्न शहर बजार र गाउँघरका चोकहरुमा आज उमंगपूर्वक फागु खेल्नेको भीड लागेको छ ।

फाल्गुण शुक्लअष्टमी तिथिमा विधिपूर्वक ठड्याइको फागूको चीर आज पूर्णिमाका दिन दाह गरिएपछि आपसमा फागु खेल्ने चलन छ ।

फागुको सम्बन्ध दैत्यराज हिरण्यकश्यपुको पौराणिक कथासँग सम्बन्धित छ । दैत्यराज हिरण्याक्ष हिरण्यकश्यपु शिवभक्त थिए तर उनका छोरा प्रल्हाद भने विष्णुभक्त भए । यसमा पिता हिरण्यकश्यपु छोराप्रति क्रुद्ध भए ।

आगोबाट समेत नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हाद काखमा लिई दन्केको आगोमा पसेर प्रल्हादको बध गर्ने प्रयास गर्दा पनि प्रल्हाद जीवीतै रहेका थिए । दुष्ट स्वभावी होलिका जलेको र भक्त प्रल्हाद सकुशल रहेको खुशियालीमा आपसमा रंग खेलेर हर्षपूर्वक होली पर्व मनाउन थालिएको पौराणिक प्रसंग पाइन्छ ।

काठमाडाैँ उपत्यकाका विभिन्न क्षेत्रमा विदेशी पर्यटकहरुले समेत होली मनाएका छन् । उनीहरुले स्थानीय युवाहरुसँग होली मनाएर रमाईलाे गरिरहेका छन् ।

हेर्नुहाेस् थप फोटोहरु :

सबै तस्वीर  : रासस

 

 

 

प्रतिक्रिया
सम्बन्धित