सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

सुकुना पव्लिक क्याम्पस प्राध्यापक एकाई संघले भन्यो– राजनीतिक रिस फेर्न कुप्रचार

दैनिक नेपाल २०७५ चैत ६ गते १२:०२

मोरङ, ६ चैत । सामुदायिक शैक्षिक संस्थामा अगाडि रहेको मोरङको सुकुनाबहुमुखि क्याम्पसको कुभलो चिताउने समूह सतहमा आएको छ ।

सुकुना पव्लिक क्याम्पस प्राध्यापक संघ एकाईले विज्ञप्ति जारी गरी केही समयअघि विभिन्न मिडियामा गरिएका कुप्रचारमा कुनै सत्यता नरहेको भन्दै आपत्ति जनाएको छ ।

आसपासका प्रधानाध्यापकहरू र योग्यता पुगेका शिक्षकलाई भेलापारेर २०४८ सालमा स्थापना भएको यो क्याम्पसमा विना पारिश्रमिक पनि शिक्षकले अध्यापन बढाएको स्मरण गर्दै संघले भनेको छ,‘क्याम्पसको स्थापना सुकुना माध्यमिक विद्यालयमा भएको थियो र पछि २०५६ सालतिर मात्र आफ्नो भवनमा सरेको यथार्थ सबै सामू छर्लङग छ ।’

समाजका सबै पार्टीका मानिसको सर्वपक्षीय सञ्चालक समिति रहेको,े विधान र रणनीतिक योजनासहित नियुक्तिका प्रक्रिया रहेको उल्लेख गरेको संघले भनेको छ,‘परिषद् बर्षैपिच्छे हुन्छ । यी सवैको जोडवलमा क्याम्पस अहिले गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त कलेज हो यो । अन्य क्याम्पसबाट अवलोकनमा आउनेहरू यहाँ प्रवेश गर्दा चकित हुन्छन् र रमाउँछन् ।’

विद्यालयको समय भन्दा फरक समयमा विद्यालयका शिक्षकहरू पनि विभागीय स्वीकृत लिएर क्याम्पसमा पढाइरहेकाले गुणात्मकताको खास समूह र अव्वल शिक्षकहरू पनि प्राध्यापनरत रहेको जनाउँदै संघले क्याम्पमा अध्यापन गर्ने शिक्षकहरूले दोहोरो सुविधा हुने पेन्सन र अन्य सुविधा लिन नपाउने प्रस्ट व्यवस्था रहेको उल्लेख गर्दै त्यस्तो नलिएको जनाएको छ ।

‘विशुद्ध कलेजममा मात्र गुजारा गर्ने प्राध्यापकले संचयकोषको रकम लिने व्यवस्था पनि छ । तर कान्तिपुर दैनिकले विना आधार फागुन २० र चैत्र ३ गते का दिन भ्रामक समाचार छाप्दै दोहोरो सुविधा लिएको तथा सञ्चयकोष समेत गाभेर लिएको भनेर समाजलाई नै दिग्भ्रमित बनाइएको छ’, संघले भनेको छ ।

शिक्षा इकाइका कर्मचारी सन्तोष बराललाई क्याम्पसमा पठनपाठन गर्न नदिएको हुनाले उनै बराल यसका सूत्रधार र इसइवी साँध्ने गलत मनसाय र नगरपालिकामा भएको आपसी द्वन्द्वलाई प्राध्यापकमा ल्याएर पोखेको अनुमान भएको संघले उल्लेख गरेको छ ।

संघले भनेको छ,‘शैक्षिक संस्था राजनितिक रिसइवि साँध्ने समय आएको गतिमा चल्न लागेकाले यसको वेलैमा सर्बपक्षीय सहमतिमाध्यमबाट बास्तविकता खोजी गर्न नसके विश्वविद्यालयको रुप ग्रहण गर्न लागेको भ्रुणमा तुसारापात र सुन्दरहरैँचाबासीको गौरव, प्रदेश नं.१ को चिनारीलाई राजनीतिको खेल गर्ने ठाउँमा ल्याउने दुखद अवस्था छ तर्फ लान खोजेको देखिन्छ ।’

अहिले प्राध्यपकहरू मुकदर्शक भएर समाचार पढने र विद्यार्थीको एक समूह समाचारलाई साञ्चै त्यहि सत्य हो भनेर दिग्भ्रमका पछि लागेको अवस्थाले क्याम्पस प्राध्यापकको टोलीले नेपाल विद्यार्थीसँघसँग वार्ताबाट निकास निकाल्न सकेको छैन ।

आफू अरुबाटै परिचालित भएको भनेर नेपाल विद्यार्थी संघका नेताहरू स्वम्ले भनेर हिडिरहेको अवस्था समेत क्याम्पसका विद्यार्थीहरू बताउछन् । नेपाली काङ्ग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सभासद् रमेशजघं रायमाझी समेत भ्रामक समाचारको पक्षपोषण गर्दै क्याम्पस विगार्न उद्यत भएका देखिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित