सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

होली ग्ल्यामर : र, रंगिए नयाँ चोली

दैनिक नेपाल २०७५ चैत ६ गते १२:१२

काठमाडौं, ६ चैत । होलीले रंगायो मेरो नयाँ चोली..होलीमाथि नेपालमा विभिन्न गीत बनेका छन् । सबैभन्दा बढी चलेको र नारी केन्द्रित यो गीतका हरेक शव्दले होली ‘ग्ल्यामर’को व्याख्या गरेको छ ।

काठमाडौं उपत्यकासहित पहाडी भुभागमा बुधबार यस बर्षको होली पर्व यस्तै खुसीयाली साथ मनाउन थालिएको छ । यसलाई खुशीको पर्व पनि मानिन्छ ।

त्यसैले बसन्ती फिल्ममा नीर शाहले होलीको ग्ल्यामर छाड्न सकेनन् । र, गीत राखे– रातो–रातो पहेंलो, निलो–निलो हरियो…रंगचंगी तरङ्ले भरियो मन भरियो…। जसमा निरुता सिंहलगायतको अभिनय रहेको छ ।

अभिनेत्री तथा निर्देशक दिपा श्री निरौलाले कुनैबेला भनेकी थिइन्– होली सेक्सी र ग्ल्यामर पर्व हो । उनको यो मान्यता यसकारण पनि भयो की होलीमा युवायुवती झुम्ने, आकर्षक बनेर रंग दल्नेमात्र होइन, कुनै विमति नराखी रमाउने गर्छन् ।

होली पर्व मनाइनुको हिन्दु धार्मिक परम्पराको खास अर्थ छ । खास अर्थमा होलिकालाई श्रीकृष्णले बध गरेको खुसीयालीमा भारत र नेपालमा यो पर्व मनाउने गरिएको हो । यसलाई नेपाली बर्षको पर्वान्त पनि मान्ने गरिएको छ ।

जानकारहरू भन्छन्,‘नयाँ बर्ष सुरु हुने बेला यस बर्षका सबै पर्वको विदाई र गर्मी महिनाको स्वागत पनि मानिन्छ होली ।’ होलीमा सेतो बस्त्र लगाउने गरिन्छ । जुन युवायुवतीका लागि आकर्षक पहिरन पनि मानिने गरिएको छ ।

एक कलाकार भन्छन्,‘सेतो बस्त्र, पानी र रंगको घुलन भएकाले नै यसलाई ग्ल्यामर पर्व पनि मान्नुपर्छ । यसको आधुनिकीकरणले यस्तै व्याख्या गरिरहेको छ ।’

सहरी क्षेत्रमा अचेल होलीका लागि खास पहिरन नै बन्ने गरेका छन् । जसका कारण चोली नै नरंगिए पनि सेता टिसर्टचाहिँ अधिक रंगिएका देखिए ।

प्रतिक्रिया
सम्बन्धित