सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

एफबीआई अमेरिकाले भन्यो– प्रचण्डविरुद्ध उजुरीबारे जानकारी दिन असमर्थ छौं

दैनिक नेपाल २०७५ चैत ६ गते ९:१६

काठमाडौं, ६ चैत । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई त्यहाँ पक्राउ गराउनका लागि डा. तिलक श्रेष्ठले संघीय अनुसन्धान व्युरो (एफबीआई)मा दिएको उजुरी सार्वजनिक भएको थियो ।

डा. श्रेष्ठले बाल्टिमोर एफबीआई कार्यालयमा इमेल गरेको उजुरीमा प्रचण्डलाई १७ हजार गरिब नेपाली मारेका आतंककारीलाई पक्राउ गर्न सम्बन्धित निकायमा पठाइदिन पनि भनिएको थियो ।

उक्त उजुरी परेको हो वा होइन, यो विषय खासमा के हो ? भनी दैनिक नेपालले एफबीआई बाल्टिमोरलाई सोधेको थियो । त्यहाँका प्रवक्ता डेभ फिट्ज भन्छन्,‘यस विषयमा जानकारी दिन हामी असमर्थ छौं । तपाईले बुझिदिएकोमा धन्यवाद छ ।’

यता, नेपालका लागि अमेरिकी राजदुतावास स्रोतको हवाला दिँदै त्यहाँको सरकारले प्रचण्डलाई केही पनि नगर्नका लागि ‘नो इन्भेष्टिगेशन’ कानुन कार्यान्वयन गरिएको दाबी छ ।

खुमलटारमा नेपालका लागि अमेरिकी राजदूत रेन्ड बेरीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट गरेका थिए । सो क्रममा उनको अमेरिका भ्रमणबारे कुराकानी भएको थियो ।

व्यक्तिगत भ्रमणका क्रममा उनलाई कारबाही हुनसक्ने अवस्थालाई अमेरिकी विदेश मन्त्रालयको सिफारिसका आधारमा त्यहाँको महान्यायाधीवक्ताको कार्यालयले अन्तर्राष्ट्रिय अपराध अनुसन्धान विभागमा पत्राचार गरी अनुसन्धानलाई अस्थायी रोक लगाउन सक्ने रहेछ । यहि प्रावधानका आधारमा प्रचण्डमाथि अनुसन्धान नहुने भएको हो ।

त्यहाँको न्यायीक विभागले नागरिक अन्तर्राष्ट्रिय कानुनको दायरामा रहेर मानवीय अपराधविरुद्ध अनुसन्धान गर्ने प्राधिकार पाएको हुन्छ ।

र, यो पनि पढौं

प्रचण्ड : हिङ न चील

प्रतिक्रिया
सम्बन्धित