आइतबार, १ असार २०७६
DainikNepal.com
आइतबार, १ असार २०७६

काभ्रेमा गोली चल्यो, विप्लव समूहका कार्यकर्तासँग प्रहरीको झडप

दैनिक नेपाल २०७५ चैत ५ गते २१:५२

काठमाडौं, ५ चैत । काभ्रेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता र प्रहरीबीच झडप भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो ।

विप्लव समूहका केही सदस्यलाई फलो गर्दै गर्दा उनीहरुले गोली चलाएपछि फायरिङ गरेको महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिए ।

घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित