
काठमाडौं, ५ चैत । प्रभु बैंक लिमिटेडले मोरङ्गको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा नयाँ शाखा स्थापना गरेको छ ।
बैंकको तिनपैनी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले उद्घाटन गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख आचार्यले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच पुर्याएकोमा प्रशंसा गरे ।
प्रभु बैंकको तिनपैनी शाखा कार्यालयबाट सबै किसिमको बैंकिङ कारोबार गर्न सकिने बैंकले जनाएको छ ।















प्रतिक्रिया