३ कार्तिक २०८३, मंगलबार

झापाको चन्द्रगढी र मोरङको उर्लाबारीमा प्रभु वैंकको शाखा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ४ चैत्र । प्रभु बैंक लिमिटेडले दुई ठाउँमा आफ्ना शाखा विस्तार गरेको छ । झापाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ्गको उर्लाबारी नगरपालिका वडा नं. ७ मा सोमबार एकै दिन नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । चन्द्रगढीमा झापाका प्रमुख अधिकारी जनकराज दाहालले र उर्लाबारीमा सोही ठाउँका मेयर खड्ग फागोले समुद्घाटन गरेका हुन ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा दुबै जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका दुवै प्रमुख अतिथिहरुले मन्तव्य राख्दै प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराएको बताएका थिए ।उर्लाबारी तथा चन्द्रगढी नगरपालिकाबासीलाई प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।

वक्ताहरुले अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आफ्नो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरे ।सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका शाखा विस्तार गरिएको वैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शरचनले बताए ।