सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

विप्लव समूहले भन्यो– लुट मच्चाउन प्रचण्डको झूठ, मार्ने योजना छैन

दैनिक नेपाल २०७५ चैत ४ गते १६:०४

काठमाडौं, ४ चैन । विप्लव समूहका नामले प्रचारित नेपाल कम्युनिस्ट पार्टीले सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत कसैलाई पनि मार्ने योजना नरहेको जनाएको छ ।

प्रचण्डले अफवाह फैलाएर लुटको सत्तालाई कायम राख्न सफेद झूठ बोलेको उसको प्रष्टीकरण छ ।  सोमबार विप्लव समूहलाई उदृत गर्दै उक्त समूहको मुखअनलाइनले भनेको छ,‘ पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना छैन । एक कार्यक्रममा प्रचण्डले आफूलाई हत्या गर्ने योजना बनाई मान्छे समेत खटाएको भनी सार्वजनिक रूपमा बोलेको कुरा भत्र्सना योग्य र सफेद झूट हो ।’

‘जनता र राष्ट्रका पक्षमा संघर्ष गर्दै आएको एउटा क्रान्तिकारी पार्टीलाई बदनाम गर्न अनावश्यक लाञ्छना लगाएर धमिलो पानीमा माछा मार्ने योजना यो सरकार र उसका आसेपासेले अफवाह फैलाएका हुन्’, नेकपाले प्रष्टीकरण दिएको छ ।

‘बरु प्रचण्डले नै व्यक्ति हत्याको कुरा गर्ने गरेको’ उसले जनाएको छ । उसले ‘केपी–बादल कम्पनीले जनताका पक्षमा सशक्त आवाज उठाइरहेको र जनतामा लोकप्रिय बन्दै गइरहेको एक राजनीतिक पार्टीमाथि सामाजिक फासिवादी तरिकाले प्रतिबन्ध घोषणा गर्नुका साथै देशैभरि अप्रेसन चलाएको छ । यो कम्पनीले युद्ध लाद्न खोजिरहेको’ आरोप लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित