सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

आकाशमै ठूलो दुर्घटना हुनबाट जोगिए यी दुई जहाज

दैनिक नेपाल २०७५ चैत ४ गते ११:३९


काठमाडौँ, ४ चैत । काठमाडौँ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जादै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा दुर्घटना हुनबाट बेचका छन् ।

गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौँ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,००० हजार फिट माथि उडाउन आदेश दिएको थियो ।

टाइम्स अफ इन्डियाका अनुसार उचाई लिने क्रममा सो जहाज अर्को दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने–सामने भएको थियो ।

‘दुई जहाज तीन नटिकल माईल, अर्थात केहि सेकेण्ड मात्र एक अर्काबाट टाढा थिए,’ पत्रिकाले मुम्बई एयर ट्राफिक कन्ट्रोललाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । दुबै जहाजका पाइलटको सतर्कताका कारण मात्र जहाज हावामै ठोकिन जोगिएका थिए ।

भारत र पाकिस्तानका वायुसेनाबिच विवादस्पद कस्मिरमा केहि समय अघि हानाहान भएपछि पाकिस्तानले आफ्नो आकाशमा अन्तर्राष्ट्रिय जहाज उड्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धले गर्दा व्यवसायिक जहाज पाकिस्तानी आकाश भएर उडेका छैनन् ।

त्यसको सट्टा नेपाल तथा पुर्वी एसिया जाने सबै जहाजहरु हिन्द महासागर हुँदै भारतको आकाश भएर उडीरहेका छन् । त्यसले मुम्बई लगायतका केहि भारतीय सहरमाथिका आकाशमा जहाजहरुको भीडभाड भएको छ ।

एयर कन्ट्रोल टावरलाई जहाजहरु सुरक्षित हवाईमार्गमा उडाउन कठिन परिरहेको समाचार संस्थाहरुले बताउदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित