१ कार्तिक २०८३, आइतबार

किक बक्सिङ खेलाडी घिमिरेको भव्य स्वागत

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । चन्द्रागिरि नगरपालिकाले किक बक्सिङ खेलाडी अविरल घिमिरे (हिम चितुवा)लाई भव्य स्वागत गरेको छ ।

नगरपालिका र नेपाल सी क्योन सिन कराते एशोसिएशनले जापानमा सम्पन्न ‘किक बक्सिङ’ प्रतियोगितामा विजेता हासिल गरेका घिमिरेलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

आफ्नो पहिलो खेलमा ब्राजिलसँग भिडेका घिमिरेले त्यसपछिका खेलमा सहजै जीत हासिल गरेर विदेशी भूमिमा नेपालको नाम राख्न सफल भएका छन् । दुई दर्जनभन्दा बढी खेल खेलिसकेका १९ वर्षीय घिमिरेले बोलिभिया, ब्राजिल, जापानलगायत देशका खेलाडीलाई पाखा लगाउँदै जीत हासिल पारिसकेका छन् ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आगामी दिनमा खेललाई सशक्त बनाउँदै लैजाने बताउनुभयो । – रासस