३ कार्तिक २०८३, मंगलबार

आईइएलटीएस परीक्षाको शुल्क भुक्तानी इसेवाबाटै गर्न सकिने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस (IELTS) परीक्षाको शुल्कको भुक्तानी अबदेखि इसेवामार्फत गर्न सकिने भएको छ ।

अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटीएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रालिका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भयो ।

कार्यक्रममा बोल्दै आईडीपी आईइएलटीएसका नेपाल प्रमुख कविर खड्गीले यस व्यवस्थाले आईइएलटीएस परीक्षार्थीहरुलाई शुल्क भुक्तान गर्न बैंक गएर लाईनमा उभिने झन्झटबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन पक्रियामा सहजता ल्याउनेछ भन्ने विश्वास प्रकट गरे ।

विश्वभरिका ६० वटा भन्दा धेरै देशहरुमा आईइएलटीएस परीक्षा सञ्चालन गर्दै आएको आईडीपीले नेपालमा काठमाडौं लगायत पोखरा, चितवन, बुटवल, बिराटनगर र बिर्तामोडमा परीक्षा सञ्चालन गर्दछ । १९, ५०० रुपैयाँ परीक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गइ भुक्तानी गर्न सकिन्छ ।

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् ।

इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।