मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन हुँदै

दैनिक नेपाल २०७५ चैत १ गते १८:४९

काठमाडौँ, १ चैत । न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन यही चैत २०–२२ गतेदेखि काठमाडौँमा हुने भएको छ । सर्वोच्च अदालतमा आज पत्रकार सम्मेलनको आयोजना गरी न्यायाधीशहरुको तीनदिने राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिइएको हो । सम्मेलनमा देशभरका न्यायाधीशहरुले माग लिनुहुनेछ भने न्यायपालिकासम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत हुनेछ ।

सम्मेलनका लागि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा सम्मेलन मूल आयोजक समिति गठन गरिएको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

न्यायपालिकाको छिटो र निष्पक्ष न्यायका लागि न्यायिक अनुगम र नीतिगत सुधारका प्रयास भइरहेको र मुद्दा व्यवस्थापन र पेशी व्यवस्थापनका कार्यलाई पनि प्रभावकारी बनाइएको निरौलाले बताउनुभयो ।

अदालतले पाँचवर्ष माथिका दुई हजार २०० मुद्दालाई एक हजार ६०० मा झारेको र एक वर्षमै पुराना मुद्दाहरु छिन्ने तयारी गरिरहेको उल्लेख पुराना फैसला लेखनलाई पनि छिटो गर्न निर्देशन भइरहेको मुख्य रजिष्ट्रार निरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित