शनिबार, ९ चैत २०७५
DainikNepal.com
शनिबार, ९ चैत २०७५

आउँदो वर्षको दशैँ असोज २१ गते, भाइटीका र गोवर्धन पूजा एकैदिन

दैनिक नेपाल २०७५ चैत १ गते १३:५७

काठमाडौँ, १ चैत । आउँदो वर्षको दशैंको टीका असोज २१ गते परेको छ । तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार तिहारको भाइटीका र गोवर्धन पूजा कात्तिक १२ गते एकैदिन परेको छ ।

यस्तै साउन २० गते नागपञ्चमी र ३० गते रक्षा बन्धन अर्थात जनैपूर्णिमा परेको छ भने हरितालिका (तीज) भदौ २६ गते छ ।

यसैगरी, असोज १२ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । १८ गते शनिबारको दिन फूलपाती परेको छ । २१ गते मंगलबार टीका र २६ गते आइतबार कोजाग्रत पूर्णिमा छ ।

कात्तिक ८ गतेबाट दोस्रो ठूलो चाड तिहार सुरु हुने छ । कात्तिक ८ गते यमदीप दान गरेपछि ९ गते शनिबार काग तिहार, १० गते कुकुर तिहार, ११ गते लक्ष्मी पूजा परेको छ ।

१२ गते गोवद्र्धन पूजा र भाइटीका एकैदिन परेको छ । २०७६ सालको कात्तिक १६ गते छठ पर्व परेको छ । यस्तै, फागुन ९ गते महाशिवरात्री र २६ गते होली पूर्णिमा परेको छ ।

प्रतिक्रिया
सम्बन्धित