मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको गोलबजारमा

दैनिक नेपाल २०७५ फागुन ३० गते २१:०३

काठमाडौं, ३० फागुन । सिराहाको गोलबजारमा एनआईसी एशिया बैंक लिमिटेडको नयाँ शाखा स्थापना भएको छ । गोलबजार नगरपालिका–४ गोलबजारमा बैंकको शाखा स्थापना भएको हो । उक्त शाखाको नगर प्रमुख देवनाथ शाहले उद्घाटन गरे ।

बैंकका हाल देशभर २७७ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित