आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

मन्त्रीको लिस्टबाट अझैँ हटेन रबीन्द्रको नाम

दैनिक नेपाल २०७५ फागुन ३० गते १६:०२


काठमाडौँ, ३० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र प्रसाद अधिकारीको निधन भएको आज (बिहीबार) १६ दिन पुग्यो । उनको परिवारले १३ दिनको पूण्यतिथि पनि सम्पन्न गरिसकेको छ । सत्तारुढ नेकपाले देशभर श्रद्धाञ्जली कार्यक्रम गरिसक्यो ।

तर, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रबीन्द्रको ठाउँमा कसलाई मन्त्री बनाउने निर्णय लिइसकेका छैनन् । यसबारे पार्टीमा औपचारिक छलफल हुन सकेको छैन ।

उता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत वेवसाइटबाट मन्त्री अधिकारीको नाम हटाउन सकेको छैन । मन्त्री अधिकारीको निधनपछि मन्त्रालय नेतृत्वविहिन छ तर, मन्त्रीहरुको सूचीबाट भने उनको नाम हटाइएको छैन ।

उनको नाम १८ औँ नम्बरमा छ । उनीभन्दा अगाडि सहकारी विकास मन्त्री मोहम्मद इश्तियाक राईको नाम छ भने पछाडि युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को नाम छ ।

गएको १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको मृत्यु भएको थियो । दुर्घटनामा उनीसँगै अन्य ६ जनाले पनि ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित